सुदूरपश्चिम प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय
यातायात पूर्वाधार निर्देशनालय
पूर्वाधार विकास कार्यालय
डडेल्धुरा
संघीय संरचनाको रूपान्तरणपछिको पुनर्सङ्गठनको क्रममा सुदूरपश्चिम प्रदेश सरकारले वि. सं. २०७५ मा डोटी र डडेल्धुरा जिल्लामा सडक पूर्वाधार विकासलाई प्रभावकारी बनाउनका लागि “पूर्वाधार विकास कार्यालय, डडेल्धुरा” स्थापना गरेको हो।
डोटी र डडेल्धुरा जिल्लामा यस प्रदेशका लोकमार्ग र सहायक मार्गको आवश्यक योजना बनाउने र नयाँ सडक निर्माण र विकास गर्ने तथा सडक र पुलहरुको मर्मत संभार गर्ने प्रमुख जिम्मेवारी यस कार्यालयको हो।
पूर्वाधार विकास कार्यालय, डडेल्धुरा अहिले सुदूरपश्चिम प्रदेश सरकारको सडक पूर्वाधार विकासका लागि जिम्मेवार संस्था हो, जसको कार्यक्षेत्र मूलतः डडेल्धुरा र डोटी जिल्लाहरू हुन्। यस कार्यालयले प्रदेश सरकारको योजना र बजेट कार्यान्वयन गरि प्रदेशको सडक सञ्जालको उचित विकास गर्नु यस कार्यालयको प्रमुख जिम्मेवारी हो।